एनएमबी बैंकद्धारा महिला सशक्तिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न 

एनएमबी बैंकद्धारा महिला सशक्तिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

एनएमबी बैंकले महिला सशक्तिकरण सम्बिधी अन्तरक्रिया सम्पन्न गरेको छ । काठमाडौंको बानेश्वरमा रहेको एभरेष्ट होटलमा कार्यक्रम सम्पन्न गरेको थियो । साथै, एनएमबीले हरेक प्रदेशमा महिलाले नेतृत्व गर्ने जनाएको छ । महिलाहरुलाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडी बढाउनु आजको आवश्यकता रहेकोले भविष्यमा महिला शसक्तिकरणमा थप टेवा पृर्याउने अपेक्षा राखेको बैंकले जनाएको छ । 

उक्त कार्यक्रममा एनएमबी बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका महिला पदाधिकारी, महिला उद्यमी, विभिन्न बैंक तथा वित्तिय संस्थामा कार्यरत महिला प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो । 

एनएमबी बैंक दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्धारा एसियाकै बैंक अफ दि एयर २०२१ उपाधीबाट सम्मानित भएको थियो । त्यस्तै, एनएमबी बैंकले २०१७,२०१८,२०२०, र २०२१ मा पनि उक्त पत्रिकाद्धारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधीको रुपमा रहेको बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेको छ । 

एनएमबी बैंकको हाल देशभर २०१ शाखाहरु, १३८ एटिएम, र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आएको छ ।