६ महिनामा साढे ८ अर्ब रुपैयाँको अन्तर–बैंक कारोबार


काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को पछिल्लो ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले करिब साढे ८ खर्ब रुपैयाँ बराबरको अन्तर– बैंक कारोबार गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यस अवधिमा वाणिज्य बैंकहरुको ७ खर्ब ४५ अर्ब ९१ करोड रूपैयाँ र अन्य वित्तीय संस्थाहरुको ९२ अर्ब ७ करोड रूपैयाँ गरी कुल ८ अर्ब ३७ अर्ब ९८ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको देखिएको हो।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २३ खर्ब १६ अर्ब ९८ करोड र अन्य वित्तीय संस्थाहरुको २ खर्ब ५७ अर्ब २२ करोड गरी कुल २५ खर्ब ७४ अर्ब २० करोड रूपैयाँको अन्तर बैंक कारोबार भएको थियो ।