काठमाडाैं – केन्द्रीय बैंककाे पछिल्लाे तथ्यांकअनुसार बैंकिङ्ग निक्षेप र कर्जा प्रवाह दुवैमा सामान्य गिरावट देखिएकाे छ । नेपाल राष्ट्र बैंककाे माघ १७ गतेकाे तथ्यांकअनुसार पछिल्लाे समय बैंकिङ्ग प्रणालीमा ६७ खर्ब १२ अर्ब रूपैयाँ निक्षेप संकलन भएकाे छ । अघिल्लाे दिन ६७ अर्ब १३ अर्ब रूपैयाँ निक्षेप संकलन भएकाे थियाे ।
यस्तै, साे समयमा वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपमा पनि सामान्य गिरावट देखिएकाे छ । माघ १६ गते ५९ खर्ब ८१ अर्ब संकलन गरेका वाणिज्य बैंकहरूले १७ गते ५९ खर्ब ८० अर्ब रूपैयाँ संकलन गरेका छन् । साे अवधिमा कर्जा स्थिर रहेकाे छ । माघ १६ गते ५४ खर्ब १८ अर्ब रूपैयाँ कर्जा प्रवाह भएकाेमा भाेलिपल्ट पनि साेही रकम बरारबकाे कर्जा प्रवाह भएकाे छ ।
यस्तै, साे समयमा वाणिज्य बैंकहरूले प्रवाह गरेकाे कर्जामा पनि सामान्य गिरावट देखिएकाे छ । अघिल्लाे दिन ४८ खर्ब ६ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले १७ गते ४८ खर्ब ५ अर्ब रूपैयाँ प्रवाह गरेका छन् । यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ३८ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।



About Us
प्रतिक्रिया