बैंकिङ्ग समाचार, काठमाडौं ।
आयातलाई कम गर्नको लागि सरकारले बजेट मार्फत कृषि अनुदानमा भारी मात्रामा बृद्धि गरेको छ । आर्थिक बर्ष २०७९/८० को बजेटमा कृषि क्षेत्रको बजेट विनियोजन गरेको हो । उत्पादन बढे मात्र आयातमा कम गर्न सकिने भएकोले सरकारले यस आर्थिक बर्षमा कृषि क्षेत्रको लागि अनुदानमा बजेट खर्च गर्ने घोषणा गरेको छ ।
विगतमा पनि कृषि क्षेत्रमा अनुदानको व्यवस्था गरेपनि आयातमा भने कमी आएको पाईदैन । सरकारले रसायनिक मल, कृषि आधुनिकीकरण कार्यक्रम, कृषि सामाग्री, बीउ तथा बिषादी लगयातको क्षेत्रमा अनुदान दिएपनि आयातमा कमी नआएको तथ्याकंले देखाउछ ।
यस आर्थिक बर्षमा सरकारले रसायनिक आपूर्तिको तथा खरिदको लागि मात्र १५ अर्बको विनियोजन गरेको छ । साथै, संघ,प्रदेश, र स्थानिय तहको लागत साझेदारीमा सञ्चालन हुने आत्मनिर्भरताको लागि कृषि उत्दापद कार्यक्रम कार्यान्वयनको लागि १० अर्बको विनियोजन गरेको छ । त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरणको लागि भनेर सरकारले ५ अर्ब ९० करोड रुपैया विनियोजन गरेको छ ।
त्यस्तै, कृषकको आत्मसम्मान वृद्धिको लागि, किसान पेन्सन योजना सुरु गर्नको लािग किसान हित कोषको स्थापना गरिने भएको छ । उक्त कोषको लागि किसानले जम्मा गर्ने रकमको १० प्रतिशत रकम सरकारले जम्मा गरिदिने व्यवस्था बजेटमा उल्लेख गरिएको छ ।
खाध्यान भण्डारणको लागि गोदाम घरको व्यवस्था गरिने जसमा १०० ओटा गोदानको लागि ४५ करोड छुट्टाएको छ । उखु किसानलाई अनुदान स्वरुप ८१ करोड रुपैंया विनियोजन गरिएको छ । विनियोजित रकम हेर्दा सरकारले ६ वटा कार्यक्रमको लागि ३३ अर्ब ४७ करोड रुपैया विनियोजन गरेको छ ।
तर विगतमा पनि अनुदान सरकारले प्रदान गरेको भएपनि त्यसको परिणाम भने राम्रो नआएको तथ्याकं छ ।
अनुदान तेब्बर, ४ गुणा आयात
१० बर्षको अन्तरालमा सरकारले अनुदान बढाउँदा पनि आयातमा कुनै प्रकारको कमी आएको छैन । अनुदान वास्तविक कृषकले नपाएको कारणले पनि उत्पादनमा कमी आएको पाईन्छ । यसरी अनुदान बापतको रकम दिदाँ जम्मा २५ प्रतिशतले मात्र उत्पादन बढेको छ ।
कृषि क्षेत्रमा कम बजेट विनियोजन हुने र कृषकको पहुँच भन्दा पनि परको भएकोले सरकारले गरेको लगानी वालुवामा पानी हाले जस्तो भएको छ ।
अनुदान
| आर्थिक बर्ष | बजेट (लाखमा) | खाध्यान्न उत्पादन (मेट्रिक टन) |
| २०६९/७० | ५०३१६ | ८,७३७,१२८ |
| २०७०/७१ | ५९७०९ | ९,५६२,६८० |
| २०७१/७२ | ५४७२४ | ९,२६६,२४० |
| २०७२/७३ | ५८३२१ | ८,६१४,२८४ |
| २०७३/७४ | ५६६२९ | ९,७५८,८९२ |
| २०७४/७५ | ५१२७३ | १०,०१२,७४२ |
| २०७५/७६ | ५९९९६ | १०,६८५,५५० |
| २०७६/७७ | ९०००० | १०,९३५,६६४ |
| २०७७/७८ | ११०००० | १०,९२६,०३० |
| २०७८/७९ | १५०००० |
|
आयातको अवस्था
| आर्थिक बर्ष | आयात |
| २०६९/७० | २० अर्ब ७२ करोड ३४ लाख |
| २०७०/७१ | २८ अर्ब ६१ करोड ५५ लाख |
| २०७१/७२ | ३५ अर्ब १२ करोड १४ लाख |
| २०७२/७३ | ३९ अर्ब ३४ करोड १३ लाख |
| २०७३/७४ | ४० अर्ब १७ करोड ३ लाख |
| २०७४/७५ | ४४ अर्ब ५८ करोड ४२ लाख |
| २०७५/७६ | ५१ अर्ब ८० करोड २४ लाख |
| २०७६/७७ | ६५ अर्ब २ करोड ७९ लाख |
| २०७७/७८ | ७९ अर्ब ५९ करोड २७ लाख |
| २०७८/७९ चैत्र मसान्त सम्म | ६१ अर्ब ६९ करोड २९ लाख |






About Us
प्रतिक्रिया