विश्व बैंक मार्फत सानिमा बैंकलाई २ करोड डलर ऋण उपलव्ध 

विश्व बैंक मार्फत सानिमा बैंकलाई २ करोड डलर ऋण उपलव्ध 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

विश्व बैंकले सानिमा बैंकलाई २ करोड डलर ऋण उपलव्ध गराएको छ । 

विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगमबाट सानिमा बैंकले २ करोड डलर ऋण प्राप्त गरेको हो । 

बैंकले आइएफसी सँगको सम्झौता गरी सो ऋण प्राप्त गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिए सँगै चालु आर्थिक बर्षमा सो रकम प्राप्त गर्ने बैंकले जनाएको छ । 

उक्त रकम लधु, साना व्यवसायलाई वित्तिय पहुँचमा पुर्याउने बैंकले जनाएको छ ।