हिमालयन बैंकको बोनस शेयर नेप्सेमा सुचिकृत 

हिमालयन बैंकको बोनस शेयर नेप्सेमा सुचिकृत 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन बैंकको बोनस शेयर सुचिकृत भएको छ । 

स्टक एक्सचेन्जको अनुसार हिमालयन बैंकको २१.३८ प्रतिशत बोनस बापतको २ करोड २८ लाख ४३ हजार २ सय ४८ दशमलव ९७ कित्ता शेयर सुचिकृत भएको हो । 

उक्त बैंकको पुस ३० मा बसेको उनन्तीसौं बार्षिक साधारण सभाले आर्थिक बर्ष २०७७÷७८ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई चुक्ता पुँजीको २१.३६ प्रतिशत शेयर र ४.६४ प्रतिशत नगदकर प्रायोजनका लागि समेत गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।