हिमालयन बैंकले सञ्चालनमा ल्यायो ‘एचबीएल एमेक्स डलर कार्ड’

हिमालयन बैंकले सञ्चालनमा ल्यायो ‘एचबीएल एमेक्स डलर कार्ड’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

हिमालयन बैंकले एचबीएल एमेक्स डलर कार्ड सञ्चालनमा ल्याएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बैंकले एचबीएल एमेक्स डलर कार्ड सेवा शुभारम्भ गरेको हो ।

यस बैंकले हालै प्रदान गर्न शुरु गरेको अमेरिकन एक्सप्रेस व्राण्डको प्रीपेड तथा क्रेडिट कार्ड (एमेक्स प्रिपेड एण्ड क्रेडिट डलर कार्ड) सेवाको शुभारम्भ गरेको हो ।

कार्यक्रममा बोल्दै सीईओ राणाले हिमालयन बैंकले नेपालमा पहिलो पटक एटीएम कार्ड भित्र्याएको बताउँदै सो बैंक वित्तीय क्षेत्रमा पायोनियर बैंकका रुपमा उदाएको दावी गरेका छन् ।

बैंकको कार्ड भएका ग्राहकले तीर्थ यात्रा गर्न विदेश जाने, स्वास्थ उपचार गर्न विदेश जाने, स्टडी भिसामा विदेश जाने र घुम्न जानेका लागि यो उपयुक्त हुने छ ।