काठमाडौं– शैक्षिक प्रमाणपत्र धितो कर्जा भन्ने बित्तिकै आफूले गरेको अध्ययनका शैक्षिक प्रमाणहरूको आधारमा बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्ने ऋण बुझ्नुपर्दछ । यस्तो कर्जाले कुनैपनि व्यक्तिलाई आफ्नो भविष्यको योजना तयार गर्न सहजता प्रदान गर्दछ ।
ऋणीको शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको योग्यताले आम्दानीको क्षमता दाँज्ने हुँदा उत्कृष्ट नम्बरको आधारमा ऋण प्रदान गर्ने गरेको पाइन्छ ।
कुनैपनि बैंक तथा वित्तीय संस्थाले शैक्षिक प्रमाणपत्र धितो कर्जा लगानी गर्दा अहिलेको आम्दानी भन्दा पनि भविष्यमा गर्न सक्ने आम्दानीलाई अध्ययन गरेर ऋण प्रदान गर्ने गर्दछन् ।
प्रतिक्रिया