काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।
बैंकले बिक्रीमा राखिएको शेयर संख्या, सोको मूल्य र बिक्रेताको नाम लगायतका विवरण भने खुलाएको छैन। यद्यपि, यस सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने बताएको छ।
यो शेयर हाल लघुवित्तमा कायम शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
उक्त म्यादभित्र शेयर खरिदमा कुनैपनि निवेदन नआएमा प्रचलित कानून अनुसार प्रक्रिया अघि बढाउने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया