काठमाडाैं- राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले बैकिङ्ग क्षेत्रमा बढ्दो खराब कर्जाले समस्या आएको बताएका छन् । बैंककाे ६० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दे खनालले खराब कर्जाका कारण पछिल्लो समय समस्या देखिएको बताएका हुन् ।
यद्यपि, विश्व अर्थतन्त्रमा केही शिथिलता देखिएको वर्तमान परिवेशमा नेपालको अर्थतन्त्रमा भने केही सुधारका सङ्केतहरू देखिन थालेको सीईओ खनालले बताए । वैदेशिक विप्रेषणको आप्रवाहमा आएको सुधारसँगै बैंकिङ्ग क्षेत्रमा बढेको तरलताका कारण घटेको ब्याजदरले गर्दा समग्र व्यवसाय जगतले केही राहत महसुस गरेको उनले धारणा राखे।
राजस्व असुलीमा क्रमशः आएको सुधार र सरकारी श्रोत परिचालनमा देखिएको सकारात्मक सकेंत साथै बजारको आपत्ति प्रणालीमा ल्याइएको प्रभावकारिता, अनुगमन प्रणालीको प्रभावकारिता, सार्वजनिक विज्ञ एवं मौद्रिक नीतिले अवलम्बन गरेका औजारहरूको प्रयोगबाट अर्थतन्त्रको सुधारलाई सहयोग पुगेको खनालले बताए ।
अर्थतन्त्रको उत्थानका लागि नेपाल सरकारले अगाडी बढाएका नीतिगत सुधारका प्रयासहरूले पनि समग्र अर्थतन्त्रमा सकारात्मक आशा सञ्चार गराएको उनले बताए । उनले भने,’ अर्थतन्त्रमा आएको सुधारसँगै हाल बैंकहरुले व्यहोर्नु परेको अधिक तरलता एवं घट्दो कर्जा निक्षेप अनुपातको समस्यालाई समाधान गर्नका लागि मद्दत गर्नेछ भन्ने हामीले अपेक्षा गरेका छौँ।’
प्रतिक्रिया