कुन वाणिज्य बैंकको प्रतिशेयर आम्दानी कति ?

कुन वाणिज्य बैंकको प्रतिशेयर आम्दानी कति ?


काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकसम्मको अवधिमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमा सबैभन्दा बढी प्रतिशेयर आम्दानी हुने बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेकाे छ । समिक्षा अवधिमा बैंककाे प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ६७ पैसा रहेको छ । यस्तै, एभरेष्ट बैंककाे प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ०६ पैसा रहेकाे छ ।

यसैगरी नबिल बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ०५ पैसा, ग्लोबल आईएमई बैंकको १६ रुपैयाँ ०२ पैसा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १६ रुपैयाँ ६० पैसा, एनएमबि बैंकको २१ रुपैयाँ ८२ पैसा र कृषि विकास बैंकको ११ रुपैयाँ ४७ पैसा, प्राइम कमर्सियल बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ २८ पैसा, नेपाल एसबीआई बैंकको १७ रुपैयाँ २५ पैसा, सानिमा बैंकको १७ रुपैयाँ ६१ पैसा र सिटिजन्स बैंकको ८ रुपैयाँ ९६ पैसा पुगेको छ ।

यसैगरी, माछापुच्छ्रे बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८९ पैसा, नेपाल बैंकको ६ रुपैयाँ २७ पैसा, सिद्धार्थ बैंकको ७ रुपैयाँ ५० पैसा, लक्ष्मी सनराइज बैंकको ९ रुपैयाँ ५० पैसा र हिमालयन बैंकको १४ रुपैयाँ ०३ पैसा, प्रभु बैंकको ११ रुपैयाँ ३५ पैसा। राष्ट्रिय वाणिज्य बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७६ पैसा रहेको छ । यो अवधिमा सबैभन्दा कम प्रतिशेयर आम्दानी हुने बैंक एनआईसी एशिया बैंक हो । समिक्षा अवधिमा बैंककाे प्रतिशेयर आम्दानी २ रुपैयाँ ०४ पैसा रहेको छ । त्यस्तै, कुमारी बैंकको प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ १ पैसा रहेको छ ।