कठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ऋण नतिर्नु भन्ने अराजक गतिविधिको कारण अर्थतन्त्र केही स्लोडाउन भएको बताएका छन् । कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकिङ्ग प्रणालीमा भएको अराजकताको असरले दीर्घकालसम्म अर्थतन्त्रलाई असर पर्ने बताएका हुन् ।
अधिकारीले रिकभरीमा केही तनाव भएको बताए । ‘अर्थतन्त्र समग्र रुपमा अर्थतन्त्रका फण्डामेण्ट्ल्सहरु अत्यन्तै राम्रा छन् । हामी बाह्य क्षेत्रमा सबल छौं । पछिल्लो समय बाढी, पहिरोको निकै ठूलो असर परेको हामीले देख्यौं । जसको फलस्वरुप खाद्य, पेय पदार्थतिरको इन्प्लेसन अलिक बेसी बढेको छ । तर पनि औषतमा अहिलेसम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ, त्यो भित्रै इन्प्लेसन बसेको अवस्था छ’ अधिकारीले भने ।
अधिकारीले बैंकिङ्ग क्षेत्रमा निकै राम्रो तरलता रहेको भन्दै बैंकहरु व्यवस्थित बन्दै गएको धारणा व्यक्त गरे ।
प्रतिक्रिया