राष्ट्र बैंकले दुई जना सिभिल इन्जिनियर माग्यो, कति चाहिन्छ योग्यता ? 

राष्ट्र बैंकले दुई जना सिभिल इन्जिनियर माग्यो, कति चाहिन्छ योग्यता ? 


काठमाडाैं – नेपाल राष्ट्र बैंकले करारमा दुइ जना सिभिल इन्जिनियर मागेकाे छ । राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटार काठमाडाैंका लागि ६ महिना अवधि निर्धारण गर्दै दरखास्त आह्वान गरेको हो ।

स्नातक उत्तीर्ण गरी दुई वर्षको कार्य अनुभव भएकाले सिभिल इन्जिनियरिङ पदमा निवेदन दिन सक्ने बैंकले जनाएको छ।  योग्यता पुगेका नेपाली नागरिकले माघ २१ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

उम्मेदवार दरखास्त दिने अवधिसम्म ४५ वर्ष ननाघेको हुनुपर्नेछ । मासिक तलब बैंककाे नियमानुसार करारनामा उल्लेख भएबमोजिम हुने केन्द्रीय बैंकले जनाएको छ ।