काठमाडौं – नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यो अवधिमा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको ब्याज आम्दानी घटेर ७ अर्ब ८९ करोड ६९ लाख रुपैयाँ भएको छ । अघिल्लो वर्ष ब्याज आम्दानी ८ अर्ब २४ करोड ३३ लाख रुपैयाँ थियो । हाल चुक्तापुँजी २७ अर्ब ५ करोड ६९ रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३० अर्ब ३० करोड ८१ लाख रुपैयाँ पुगेको छ ।
आल बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.७० प्रतिशतमा पुगेको छ।
प्रतिक्रिया