काठमाडौं – एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १५ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यो अवधिमा बैंकले १ अर्ब ९० करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकले यो समयमा ५ अर्ब १८ करोड ६९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । हाल चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ रुपैयाँ रहेको बैंकको जगेडा कोषमा आकार बढेर १७ अर्ब ४१ करोड २९ लाख रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया