काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडको खुद नाफा बढेको छ । बैंकले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा नाफा बढेको हो ।
यस अवधिमा बैंकले ३ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी, गत आर्थिक वर्ष २०८०/८१ को यही अवधिमा बैंकको नाफा १ अर्ब ९८ करोड ६० लाख रुपैयाँमा सिमित थियो । यो १ अर्ब ३४ करोडको वृद्धि हो ।
यस्तै, बैंकको प्रतिशेयर आम्दानी समेत बढेको छ । चालू वर्षको पुस मसान्तमा कम्पनीको प्रतिशेयर आम्दानी १७.४५ रुपैयाँ छ । गत वर्षको यही अवधिमा प्रतिशेयर आम्दानी १०.९९ रुपैयाँमा कायम थियो । आम्दानी र नाफा बढेपछि प्रतिशेयर आम्दानीमा समेत उल्लेख्य सुधार आएको हो ।
यस अवधिमा बैंकले ब्याजमार्फत २२ अर्ब ९४ करोड रुपैयाँ कमाएको छ । यो गत आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिको तुलनामा न्यून हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ब्याजमार्फत २८ अर्ब ४ करोड रुपैयाँ आर्जन गरेको थियो ।
प्रतिक्रिया