समस्याग्रस्त नेपाल शेयर मार्केट्सको व्यवस्थापन सदस्यमा तिम्सिना छनौट 

समस्याग्रस्त नेपाल शेयर मार्केट्सको व्यवस्थापन सदस्यमा तिम्सिना छनौट 


काठमाडौं – नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापनका लागि राजेन्द्रप्रसाद तिम्सिनालाई छनौट गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै उक्त कम्पनीको व्यवस्थापनका लागि तिम्सिनालाई छनौट गरेको जानकारी दिएकाे छ ।

यस्तै, राष्ट्र बैंकले छनौट भएका तिम्सिनालाई नियुक्ति लिनका लागि माघ २ गतेभित्र राष्ट्र बैंकको वित्तिय संस्था सुपरिवेक्षण विभागमा सम्पर्क गर्न भनेको छ । यदि माघ २ गतेभित्र नियुक्ति लिनका लागि तिम्सिना उपस्थित नभएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

तिम्सिनाका साथै राष्ट्र बैंकले अन्य २ जनाको नाम वैकल्पिकमा राखेको छ । वैकल्पिकको पहिलो नम्बरमा रामप्रताप यादव छन् भने दोस्रो नम्बरमा प्रकाश घिमिरे रहेका छन् । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापनका केन्द्रीय बैंकले एक जना माग गर्दै मंसिर १२ गते दर्खास्त खुलाएको थियो।

राष्ट्र बैंकले तिम्सिनालाई माघ २ गतेभित्र सम्पर्क गर्न अनुरोध गरेको छ । यदि उनले माघ २ गतेभित्र नियुक्ति लिन नगएमा राष्ट्र बैंकले वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने छ। वैकल्पिक उम्मेदवारमा रामप्रताप यादव र प्रकाश घिमिरे रहेका छन् ।