माघका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

माघका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?


काठमाडौं – वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। आज सार्वजनिक गरेको ब्याजदरमा माघका लागि केही बैंकले ब्याजदर घटाएका छन् । केही बैंकले ब्याजदर बढाउँदा अधिकांशले पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यो ब्याजदर भोलि माघ १ गतेदेखि लागू हुनेछ । 

२० बैंकहरुमध्ये १७ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी दुई वटाले घटाएका छन् भने १ वटा बैंकले बढाएको छ । कृषि विकास बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपका लागि ५.५१ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले पुसमा व्यक्तिगत मुद्दतीतर्फ ५.५७ प्रतिशत तोकेको थियो । बैंकले संस्थागततर्फ पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । यो बैंकले पुषमा ३. २५ प्रतिशत ब्याजदर तोकेको थियो ।

सिटिजन्स बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ ब्याजदर स्थिर राखेकाे छ भने संस्थागततर्फ बढाएकाे छ । बैंकले माघ महिनामा लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ पुसकै ब्याजदर ५.६५ प्रतिशत ताेकेकाे छ । त्यस्तै, संस्थागततर्फ पुसमा ४ प्रतिशत रहेकाे ब्याजदर बढाएर ४.५ प्रतिशत पुर्याएकाे छ ।

त्यस्तै, एभरेष्ट बैंकले पनि पुसका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले माघका लागि पुसकै ब्याजदरलाई निरन्तरता दिँदै व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । ग्लोबल आईएमई बैंकले माघका लागि पुसकै ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले पुसमा व्यक्तिगततर्फ ५.७५ र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।

हिमालयन बैंकले पनि पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले पुषमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको थियो। यसैगरी, लक्ष्मी सनराइज बैंकले माघका महिनाका लागि व्यक्तिगततर्फ ब्याजदर बढाएकाे छ । पुसमा ५.५ प्रतिशत रहेकाे ब्याजदर माघमा बढाएर ५.७५ प्रतिशत पुर्याएकाे छ । संस्थागततर्फ भने ४.५ प्रतिशत अर्थात् पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएकाे छ ।

माछापुच्छ्रे बैंकले माघका लागि पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएकाे छ । बैंकले पुसमा व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर दिएकाे थियाे । नबिल बैंकले पनि पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिँदै व्यक्तिगततर्फ ५.७५ र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर ताेकेकाे छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले माघका लागि व्यक्तिगततर्फ र संस्थागततर्फ पुस महिनाकै ब्याजदर ताेकेकाे छ । बैंकले पुसमा व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर ताेकेकाे थियाे।

नेपाल बैंकले माघका लागि व्यक्तिगततर्फ पुसकै ब्याजदरलाई निरन्तरता दिँदै ५.६ प्रतिशत ताेकेकाे छ । संस्थागततर्फ भने पुसमा ४.७ प्रतिशत रहेकाे ब्याजदर बढाएर ४.१५ प्रतिशत पुर्याएकाे छ। एनआईसी एशिया बैंकले माघका लागि पुस महिनाकै ब्याजदर कायम गरेकाे छ। बैंकले पुषका लागि व्यक्तिगततर्फ ६.६ प्रतिशत र संस्थागततर्फ ५.६ प्रतिशत ब्याजदर तोकेको थियाे।

कुमारी बैंकले पनि पुसकै ब्याजदर कायम गरेको छ । बैंकले पुसमा व्यक्तिगततर्फ ५.९१ प्रतिशत र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदर तोकेको थियो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले पुसमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ ब्याजदर दिएको थियो ।

एनएमबि बैंकले माघका लागि ब्याजदर स्थिर राखेकाे छ । बैंकले पुसमा व्यक्तिगततर्फ ६.६ प्रतिशत र संस्थागततर्फ ५.६ प्रतिशत ब्याजदर तोकेको थियाे । प्रभु बैंकले माघका लागि पुस महिनाकै ब्याजदर अर्थात् व्यक्तिगततर्फ ६.१ र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर तोकेको छ ।

सिद्धार्थ बैंकले माघका लागि पुसकै ब्याजदरलाई निरन्तता दिएको छ । माघका लागि बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । राष्ट्रिय वाणिज्य बैंकले माघका लागि व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर तोकेको छ ।

पुसमा पनि बैंकले साेही ब्याजदर कायम गरेकाे थियाे । सानिमा बैंकले पनि पुष महिनाकै ब्याजदर कायम गरेकाे छ । बैंकले पुसमा व्यक्तिगततर्फ ६ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ४.३ प्रतिशत ब्याजदर कायम गरेकाे थियाे । नेपाल एसबीआई बैंकले माघका लागि ब्याजदर घटाएकाे छ । बैंकले माघका लागि व्यक्तिगततर्फ ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदर ताेकेकाे छ । बैंकले पुसमा व्यक्तिगततर्फ ६ प्रतिशत र ५ प्रतिशत ब्याजदर ताेकेकाे थियाे । यस्तै, प्राइम कमर्सियल बैंकले पुसकै ब्याजदर कायम गरेकाे छ । बैंकले पुषमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर कायम गरेकाे थियाे ।