माघ महिनाका लागि ग्लोबल आइएमई बैंकले कति दिदैँछ ब्याजदर ?

माघ महिनाका लागि ग्लोबल आइएमई बैंकले कति दिदैँछ ब्याजदर ?


काठमाडौं – ग्लोबल आइएमई बैंकले माघ महिनाका लागि स्थिर राख्दै नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैकले माघ महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको हो ।

बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । पुस महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम यहि ब्याजदर दिएको थियो ।

माघ महिनामा ३ देखि ६ महिनासम्मका लागि व्यक्तिगत निक्षेपका लागि ४ प्रतिशत,६ महिनादेखि १ वर्ष तलका लागि ४.५० प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५ प्रतिशत र २ वर्ष र त्योभन्दा माथिका लागि ५.७५ प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ ।

संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि १ वर्ष तलका लागि ३ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ३.५० र २ वर्ष र सोभन्दा माथिका लागि ४.२५ प्रतिशत ब्याजदरको व्यवस्था गरिएको छ ।