काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेप घट्दा कर्जा प्रवाहमा सुधार देखिएको छ । केन्द्रीय बैंकको पुष २४ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ८१ अर्ब निक्षेप संकलन भएको छ । अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।
यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि घटेको छ । पुष २३ गते ५९ खर्ब ५२ अर्ब संकलन गरेका वाणिज्य बैंकहरुले २४ गते ५९ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
समीक्षा अवधिमा कर्जा प्रवाहमा सुधार देखिएको छ । पुष २३ गते ५३ खर्ब ७५ अर्ब कर्जा प्रवाह भएकोमा पुष २३ गते ५३ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । सो अवधिमा वाणिज्य बैंकहरूबाट हुने कर्जा प्रवाह पनि बढेको छ । पुष २३ गते ४७ खर्ब ६२ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले २४ गते ४७ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेका छन् ।
केन्द्रीय बैंकका अनुसार सो समयमा सीडी रेसियो ७९ दशमलव २७ प्रतिशत रहेको छ । त्यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।
प्रतिक्रिया