पाँच महिनामा शोधनान्तर स्थिति २ खर्ब २५ अर्बले बचतमा

पाँच महिनामा शोधनान्तर स्थिति २ खर्ब २५ अर्बले बचतमा


काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा शोधनान्तर स्थिति २ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वित्तिय अवस्थाको विवरणमा आधारित तथ्यांकअनुसार २ खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको देखिएको हो ।

तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब १६ अर्ब ५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६७ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चालु खातासमेत बचतमा रहेको छ । तथ्यांकअनुसार मंसिरसम्ममा चालु खाता १ खर्ब ४० अर्ब ७१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४१ अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४ करोडले बचतमा रहेको छ ।