शनिबार पनि सेवा दिँदै सानिमा बैंक 

शनिबार पनि सेवा दिँदै सानिमा बैंक 


काठमाडौं – सानिमा बैंक लिमिटेड यो शनिबार (पुष २७ गते)  पनि खुल्ने भएको छ । बैंकले  एक सूचना जारी गर्दै ग्राहकहरूको सेवालाई मध्यनजर गर्दै शनिबार बिहान १० बजेदेखि ३ः३० बजेसम्म सेवा दिने जनाएको हो । 

यस्तै, बैंकको नक्साल शाखा भने १० बजेदेखि २ बजेसम्म खुल्नेछ । बैंकले नगद तथा चेक कारोबार, रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस), क्लियरिङ्ग, आईपीएस लगायतका सेवाहरु उपलब्ध हुने जनाएको छ । 

यसैगरी, बैंकको आरटीजीएस, क्लियरिङ्ग र आइपिएस सेवा भने नेपाल राष्ट्र बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको समयतालिका अनुसार उपलब्ध हुने बैंकद्वारा  जारी सूचनामा उल्लेख छ ।