काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले हाल बिक्रीमा राखिएको शेयरको संख्या, सोको मूल्य र बिक्री गर्ने संस्थापकहरूको नाम भने खुलाएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आजको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नु पर्नेछ।
तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया