समस्याग्रस्त नेपाल शेयर मार्केट्सको व्यवस्थापन सम्हाल्न ४ जनाको आवेदन

समस्याग्रस्त नेपाल शेयर मार्केट्सको व्यवस्थापन सम्हाल्न ४ जनाको आवेदन


काठमाडौं – नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि चार जनाको नाम स्वीकृत गरेको छ। केन्द्रीय बैंकले प्रकाश घिमिरे, कुमार अधिकारी, राम प्रताब यादव र राजेन्द्र प्रसाद तिम्सिनाको आवेदन स्वीकृत भएको जानकारी दिएकाे छ ।

केन्द बैंकले यी चार जनालाई पुस २१ देखि पुस २४ गतेसम्म कार्ययोजना प्रस्तुतीकरण गर्न बोलाएको छ। प्रस्तुतीकरण साँझ ४ः१५ बजे हुनेछ। यो प्रक्रिया पूरा भएपछि एक जनालाई व्यवस्थापन र सञ्चालनको जिम्मेवारी दिइनेछ।

व्यवस्थापनका लागि उम्मेदवारले स्नातक उपाधि तथा लेखा सम्बन्धी १० वर्षको अनुभव, वा चार्टर्ड एकाउन्टेन्सी पास गरी पाँच वर्षको अनुभव आवश्यक पर्ने मापदण्ड तोकिएको थियो । सो फाइनान्सको व्यवस्थापन समूहको सदस्य पद पदपूर्तिका लागि गर्न सिलसिलामा गत मंसिर १२ गते सूचना प्रकाशित गरेको थियो ।