काठमाडौं – सरकारले तमु ल्होसार पर्वको अवसरमा आज सोमबार सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा भएकाले आज शेयर बजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहेका छन् ।
आज बैंक, बीमा कम्पनी, शेयर बजार तथा सरकारी कार्यालयहरू बन्द हुन्छन् । तर, आज सार्वजनिक बिदा भए पनि अधिकांश विकास तथा वाणिज्य बैंकहरूले सेवा दिइरहेका छन् ।
ग्राहकको आवश्यकतालाई केन्द्रमा राख्दै अधिकांश वाणिज्य बैंक तथा विकास बैंकले बैंकिङ्ग सेवा दिइरहेका हुन्। यद्यपि, सेवा दिने सबै बैंकका सबै शाखा भने खुलेका छैनन् । अधिकांश बैंकहरूले केही सीमित शाखाबाट सेवा दिइरहेका छन् ।मंगलबारबाट बैंक तथा वित्तीय संस्थाका साथै शेयर बजारसहित सबै कार्यालय नियमित समयमै खुल्नेछन् ।
प्रतिक्रिया