आज सार्वजनिक बिदा: बैंक वित्तीय संस्था र शेयर बजार बन्द

आज सार्वजनिक बिदा: बैंक वित्तीय संस्था र शेयर बजार बन्द


काठमाडौं – सरकारले तमु ल्होसार पर्वको अवसरमा आज सोमबार सार्वजनिक बिदा दिएकाे छ । सार्वजनिक बिदा भएकाले आज शेयर बजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहेका छन् ।

सरकारले तमु ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएकाले सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका साथै शेयर बजार बन्द रहने भएको हो । मंगलबारबाट बैंक तथा वित्तीय संस्थाका साथै शेयर बजारसहित सबै कार्यालय नियमित समयमै खुल्नेछन् ।