बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर बिक्रीका लागि बैंकमा निवेदन आएपछि बैंकले उक्त सेयरको बिक्री खुला गरेको हो ।
बैंक सञ्चालक समितिको जेठ १० गते, असार १६ गते र असार २२ गते सम्पन्न भएको बैठकको निर्णय अनुसार संस्थापक सेयर बिक्री खुला गरिएको हो ।
सोमबार जारी सूचना जारी गर्दै ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट प्रस्ताव आह्वान गरिएको छ । इच्छुक संस्थापक सेयरधनीहरुले बैंकका कम्पनी सचिवको कार्यालयमा ३५ दिनभित्र सम्पर्क गरी उक्त सेयर खरिद गर्न सक्नेछन् ।
उक्त म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई संस्थापक सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले सूचनामा उल्लेख गरेको छ ।
प्रतिक्रिया