राजस्व संकलनको लागि शनिबार पनि बैंक खुल्ला रहने

राजस्व संकलनको लागि शनिबार पनि बैंक खुल्ला रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

 यो हप्ताको शनिबार पनि बैंक खुल्ला रहेन भएका छन् । आर्थिक वर्षको अन्तिम दिन ३२ गते शनिबार परे पनि राजश्व संकलनका लागि बैंकका शाखाहरु खुल्ला रहने भएका हुन् ।

राजश्व बुझाउनका लागि समस्या नहोस् भन्नका लागि बैंकहरु शनिबार पनि खुल्ला रहने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले हरेक वर्ष आर्थिक वर्षको अन्तिम दिन सार्वजनिक बिदा वा २५ गते पछाडि शनिबार परे शाखा कार्यालय खुल्ला राख्नका लागि निर्देशन दिदै आएको छ ।

राष्ट्र बैंकका सह प्रवक्ता तथा सूचना अधिकारी नारायण पोखरेलले राष्ट्र बैंकले सर्कुलर जारी गरेर बैंक तथा वित्तीय संस्था खोल्नका लागि निर्देशन जारी हुने जानकारी दिए । तर चौथो त्रैमासको अन्तिम शनिबार भएका कारण बैंकले शाखा तथा काउन्टरहरु खुल्ला रहने पोखरेलले बताए । केही दिनमा निर्देशन पनि जारी हुने उनको भनाइ छ ।