काठमाडाैं – आज डिसेम्बर २५ अर्थात् क्रिसमस डे पर्व, नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले येशु ख्रिस्टको जन्मदिनको अवसरमा क्रिसमस मनाउँदैछन् । प्रत्येक वर्ष २५ डिसेम्बरमा क्रिश्चियन धर्मावलम्बीले क्रिसमस मनाउने गर्छन् ।
क्रिसमस डेका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । आज बैंक, बीमा कम्पनी, शेयर बजार तथा सरकारी कार्यालयहरू बन्द हुन्छन् । तर, आज सार्वजनिक बिदा भए पनि अधिकांश विकास तथा वाणिज्य बैंकहरूले सेवा दिइरहेका छन् ।
ग्राहकको आवश्यकतालाई केन्द्रमा राख्दै अधिकांश वाणिज्य बैंक तथा विकास बैंकले बैंकिङ्ग सेवा दिइरहेका हुन्। यद्यपि, सेवा दिने सबै बैंकका सबै शाखा भने खुलेका छैनन्। अधिकांश बैंकहरूले केही सीमित शाखाबाट सेवा दिइरहेका छन्।
प्रतिक्रिया