काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा सामान्य गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुष ६ गते बैंकिङ्ग प्रणालीमा ५६ खर्ब ५९ अर्ब निक्षेप संकलन भएको छ । अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ५६ खर्ब ६२ अर्ब निक्षेप संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेप ३ अर्बले घटेको हो ।
यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरुमा हुने निक्षेप संकलन पनि २ अर्ब रुपैयाँको गिरावट देखिएको छ । पुष ५ गते ५९ खर्ब २५ अर्ब संकलन गरेका वाणिज्य बैंकहरुले ६ गते ५९ खर्ब २३ अर्ब निक्षेप संकलन गरेका छन् । सो समयमा कर्जा प्रवाहमा पनि सामान्य गिरावट देखिएको छ । पुष ५ गते ५३ खर्ब ३५ अर्ब निक्षेप संकलन भएकोमा पुष ६ गते ५३ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
समिक्षा अवधिमा वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाहमा पनि १ अर्बको गिरावट देखिएको छ । पुष ५ गते ४७ खर्ब २६ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले ६ गते ४७ खर्ब २५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन्। केन्द्रीय बैंककाअनुसार सो समयमा सीडी रेसियो ७८ दशमलव ७८ प्रतिशत रहेको छ । त्यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।
प्रतिक्रिया