खुला बजार कारोबारसम्बन्धी कार्यविधिमा सातौँ संशोधन, के–के समेटिए ? (पूर्णपाठ)

खुला बजार कारोबारसम्बन्धी कार्यविधिमा सातौँ संशोधन, के–के समेटिए ? (पूर्णपाठ)


काठमाडौं – नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधिमा सातौँ संशोधन गरिएको छ। राष्ट्र बैंकले खुला बजार कारोबारसम्बन्धी कार्यविधिमा संशोधन गरेको छ। संशोधित कार्यविधि गर्भनर महाप्रसाद अधिकारीले पुस ८ गते स्वीकृत गरेका छन्। यो कार्यविधि २०७८ पुस ६ गतेबाट लागू गरिएको थियो।

मौद्रिक नीतिका उद्देश्य प्राप्ति तथा वित्तीय स्थायित्वका लागि वित्तीय बजारमा ब्याजदर स्थिरता एवं तरलताको वञ्छित सीमा कायम राख्न खुला बजार कारोबार सञ्चालन गरी आवश्यक उपकरणहरु प्रयोग गर्न आवश्यक देखिएको नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा (३) तथा नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (पाँचौँ संशोधन, २०८१०, २०७८ को विनियम ३) ले दिएको अधिकार प्रयोग गरी यो कार्यविधि तयार गरिएको हो। हाल नियमित तथा संरचनात्मक खुला बजार कारोबारसम्बन्धी व्यवस्था रहेको छ ।

ब्याजदर करिडोर सम्बन्धी व्यवस्थाः (१) मौद्रिक नीतिका उद्देश्य तथा वित्तीय बजारको अवस्थालाई मध्यनजर गर्दै आर्थिक अनुसन्धान विभागबाट प्रत्येक दिन उपलब्ध गराइने बैंकिङ्ग प्रणालीमा विद्यमान तरलताको स्थिति, भारित औसत अन्तरबैंक ब्याजदर तथा तरलता अनुगमन तथा प्रक्षेपण संरचनाले इंगित गर्ने तरलताको अवस्थाका आधारमा मौद्रिक नीतिले तोकेको
ब्याजदर करिडोर कायम गर्न आवश्यकताअनुसार तरलता प्रवाह तथा प्रशोचनसम्बन्धी कार्य समिति/विभागले गर्नेछ।
(२) ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा बैंकदरलाई लिइएको छ र स्थायी तरलता सुविधा बैंकदरमा उपलब्ध गराइनेछ ।
(३) ओभरनाईट रिपो नीतिगत दरमा उपलव्ध गराइनेछ ।
(४) ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा स्थायी निक्षेप सुविधालाई लिइएको छ । ब्याजदर करिडोरको तल्लो सीमाको ब्याजदरमा निक्षेप संकलन बोलकबोल समेत गर्न सकिने छ ।
(५) ब्याजदर करिडोरका उपकरणको ब्याजदर मौद्रिक नीतिले तोकेबमोजिम हुनेछ