कृषि विकास बैंकमा एकैपटक डेढ सय जनालाई रोजगारीको अवसर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

कृषि विकास बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारीको माग गरेको छ।

बैंकले रिक्त रहेका पदहरुमा खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा परिपूर्ति गर्न १५२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो ।

बैंकले प्रशासन तर्फ शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्यूटर अधिकृत १७ जना, सिभिल इन्जिनियर ३ जना, कर्जा अधिकृत १२ जना, व्यवसाय सहायक २३ जना, कानुन सहायक ६ जना, ऋण सहायक ५ जना र लेखापाल ३४ जना गरि जम्मा १५२ जना कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार दरखास्त फारम अनलाइनबाट भर्न सकन्छ ।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले असार २४ गतेबाट साउन १२ गतेसम्म र दोब्बर दस्तुर तिरी साउन १९ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

\"\"