काठमाडौं – हिमालय बैंक लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।
बैंकले लाभांश नदिने भएपनि एफपीओ निष्कासन गर्ने भएको छ । बैंकले संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०ः३० अनुपात कायम गर्न सेयर प्रिमियम सहित ९२ लाख ५० हजार ४६९ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
यसका लागि असोज १५ गते एफपीओ निष्कासनको प्रस्ताव नेपाल राष्ट्र बैंकमा पठाएको जनाएको छ । बैंकले असोज २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने भएको छ। यसकाे अर्थ पुस १७ गतेसम्म कायम रहेका शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया