धनगढीका विद्यार्थीलाई डिजिटल बैंकिङ साक्षरता

धनगढीका विद्यार्थीलाई डिजिटल बैंकिङ साक्षरता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरुलाई बैंक तथा वित्तीय संस्था र डिजिटल बैंकिङबारे जानकारी गराइएको छ। 

बैंकिङ शिक्षाको आयोजनामा विद्यार्थीहरुलाई लक्षित गरी उक्त साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । सहभागि करिब ३०० भन्दा बढी विद्यार्थीलाई नेपाल राष्ट्र बैंकका डेपुटी निर्देशक राकेश प्रजापतिले बैंक तथा वित्तीय संस्था तिनीहरुले दिने सेवा, डिजिटल बैंकिङ र त्यसको प्रयोगबारे जानकारी गराउनुभएको थियो । अन्य प्रदेशको तुलनामा डिजिटल बैंकिङको प्रयोगकर्ता कम रहेको भन्दै यसको प्रयोगमा जोड दिए। 

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले वित्तीय साक्षरता समाजका सबै तह र तप्काका मानिसलाई आवश्यक रहेको भन्दै विद्यार्थीलाई बैंक खाता खोल्न र बचत संस्कारको सुरुआत गर्न प्रोत्साहन गरे। 

यस्तै नबिल बैंक धनगढी शाखा प्रबन्धक तेज भट्टले बैंक तथा वित्तीय संस्थाले दिने सेवा, सुविधाबारे जानकारी गराएका थिए। उनले वित्तीय रुपमा साक्षर हुँदाका अनेकौं फाइदा रहेको भन्दै सानै उमेरदेखि यसबारे जानकारी लिन आग्रह गरे। 

प्रदेश प्रहरी कार्यालयका डीएसपी जगदीश डाँगा र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले वित्तीय कारोबार अझ त्यसमा पनि डिजिटल बैंकिङका धेरै सहजता हुँदा हुँदै जोखिमहरु पनि रहेकाले सचेत भएर प्रयोग गर्न आग्रह गरे। 

कार्यक्रममा सहभागी धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला राना र कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले विद्यार्थीले वित्तीय साक्षरताका लागि अध्ययनमात्र गरेर नहुने भन्दै यसको व्यवहारिक प्रयोगमा जोड दिए।