विद्यालयको कक्षाकोठा र छत निर्माण गर्न एनएमबि बैंकको सहयोग

विद्यालयको कक्षाकोठा र छत निर्माण गर्न एनएमबि बैंकको सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

एनएमबि बैंकले विरेन्द्रनगर सुर्खेत–१६ स्थीत सरस्वती प्राथमिक विद्यालयको छाना र कक्षा कोठाको मर्मतसम्भार गरेको छ ।  बैंकले सामाजिक उतरदायित्व अन्तर्गत उक्त मर्मतसम्भार गरेको हो ।

एक कार्यक्रम माझ बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरु खुल्ला चौर मै पढन बाध्य थिए ।

बैंकले वित्तीय कारोबार मात्र गर्ने थाहा भएपनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफूहरु हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताए ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।