काठमाडौं –नेपाल एसबीआई बैंकले चितवनको गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।
कार्यक्रममा बैंकका बागमती प्रदेश कार्यालय प्रमुख प्रविणमुनि बज्राचार्यले गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमका प्राचार्य सुभास चालिसेलाई सहयोग रकम हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा बैंक तथा गुरुकुलमका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समयसमयमा यस्ता गतिविधिहरू गर्दै आइरहेको छ ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ्ग सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया