ग्लोबल आइएमई बैंकले कार्यालय खुल्ने समय थप्यो

ग्लोबल आइएमई बैंकले कार्यालय खुल्ने समय थप्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

असार मसान्तमा हुने बैंकिङ कारोबारको चापलाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकले कार्यालय समय थप गरेको छ ।
आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि ७ बजेसम्म सन्ध्या काउण्टर मार्फत् अतिरिक्त समयसम्म बैंकिङ सेवा उपलब्ध हुने जानकारी बैंक व्यवस्थापनले दिएको छ । साथै शुक्रबार दिउँसो साढे दुई बजेदेखि बेलुकी ५ बजेसम्म सेवा समय थप गरिएको छ ।

बैंकले सात वटै प्रदेशका सीमित बैंक शाखाहरुबाट मात्र अतिरिक्त समयसम्म बैंकिङ सेवा उपलब्ध हुने जानकारी दिएको छ । काठमाण्डौं उपत्यकाभित्र कान्तिपथ, गोंगबु, धापासी, संखमूल, न्यूरोड, चाबहिल, ठमेल, कुलेश्वर, कोटेश्वर, कलंकी, कुमारीपाटी र सूर्यविनायक सहित १४ वटा शाखाबाट अतिरिक्त समय सेवा प्रदान गरिने बैंकले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।