काठमाडाैं – मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १९ औँ वार्षिक साधारण सभा पुस २७ गते बोलाएको छ । बैंकले सुनसरी उद्योग वाणिज्य संघ, धरानमा बिहान सभा गर्ने भएको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष १६ गतेदेखि पुस २७ गतेसम्म शेयर दाखिल खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ । कर प्रयोजनाका लागि लेखा परीक्षक नियुक्ति गर्नुका साथै पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गर्ने भएको हाे ।
प्रतिक्रिया