१० बैंकलाई सीडी रेसियो कायम गर्न सकस, कर्जा लगानी रोके

१० बैंकलाई सीडी रेसियो कायम गर्न सकस, कर्जा लगानी रोके

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

वाणिज्य बैंकहरूलाई कर्जा–निक्षेप अनुपात (सीडी रेसियो ९) प्रतिशत कायम गर्न सकस भएको छ । बैंकहरूमा निक्षेप नबढेपछि केही वाणिज्य बैंकहरूलाई सीडी रेसियो कायम गर्न सकस भएको हो ।

असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशत कायम गर्नु पर्ने नीतिगत व्यवस्था छ । सोही व्यवस्था असार सीडी रेसियो घटाउन लागि परेका अधिकांश बैंकहरूले अझै पनि सीडी रेसियो कायम गर्न सकेका छैनन् ।

अहिले विशेष गरेर १० वटा वाणिज्य बैंकलाई सीडी रेसियो कायम गर्ना चुनौति नै छ । अहिले केही बैंकहरुको ९५ प्रतिशत पनि सीडी रेसियो छ । असार सकिन १० दिन मात्रै बाँकी रहँदा १० बैंकलाई ९० प्रतिशतको सीडी रेसियो कायम गर्नु पर्ने दबाब छ । तर, १० दिनमा सीडी घटाउन सक्ने अवस्थामा भने देखिँदैन । किनकी बैंकहरूले निक्षेप पाइरहेका छैनन् ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपाल बंगलादेश, बैंक अफ काठमाण्डू, सेञ्चुरी, प्राइम कमर्सियल, एनसीसी, ग्लोबल आइएमई, कुमारी, सनराइज, सिद्धार्थ र नबिल बैंकलाई सीडी रेसियो कायम गर्न दबाब बढेको छ ।

यी १० वटा वाणिज्य बैंकको सीडी रेसियो क्रमशः ९५.७९ प्रतिशत, ९५.३१ प्रतिशत, ९४.०३ प्रतिशत, ९३.२६ प्रतिशत, ९२.३६ प्रतिशत, ९१.७३ प्रतिशत, ९१.६२ प्रतिशत, ९१.०९ प्रतिशत, ९०.८७ प्रतिशत र ९०.०६ प्रतिशत छ । नबिल र सिद्धार्थ बैंकलाई भने सीडी रेसियो कायम गर्न केही सहज हुने देखिएको छ ।

असारमा बैंकहरूले सीडी रेसियो कायम गर्नैका लागि निक्षेप संकलनमा तीव्रता दिइरहेका छन् भने कर्जा लगानी पनि रोकेका छन् । वाणिज्य बैंकहरूले एक सातामै ३४ अर्ब रूपैयाँले निक्षेप संकलन गरेका छन् भने कर्जा लगानी २ अर्ब रूपैयाँले मात्रै बढाएका छन् । तर, जेठ मसान्तको तुलनामा बैंकहरुको कर्जा लगानी असार तेस्रो सातासम्म कर्जा लगानी ९ अर्ब रूपैयाँले घटेको छ ।

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा वाणिज्य बैंकहरूले सीडी रेसियो कामय गर्न चुनौति नै देखिएको बताउँछन् । सीडी रेसिो कायम गर्नका लागि बैंकहरूको निक्षेप बढ्नु पर्ने भएपनि निक्षेप खासै नबढेकोले सबै बैंकको सीडी रेसियो ९० प्रतिशत कायम हुने अवस्था कम भएको उनको भनाइ छ ।