एकैदिन ५ अर्ब रूपैयाँले घट्याे बैंकिङ्ग निक्षेप, औसत सिडी रेसियो ७८.७४ प्रतिशत

एकैदिन ५ अर्ब रूपैयाँले घट्याे बैंकिङ्ग निक्षेप, औसत सिडी रेसियो ७८.७४ प्रतिशत

'अन्तर बैंक ब्याजदर ३ प्रतिशत'


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेप ५ अर्ब रुपैयाँले घटेकाे छ । नेपाल राष्ट्र बैंकको अनुसार पुष १ गते बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको थियो ।

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संलकन गर्ने निक्षेप संकलन ३ अर्ब अर्ब रुपैयाँले घटेको छ । मंसिर ३० गते ५९ खर्ब ३७ अर्ब निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाले पुष १ गते ५९ खर्ब ३४ अर्ब संकलन गरेका छन् ।

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह ३ अर्ब रुपैयाँले बढेको छ । मंसिर ३० गते ५३ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा पुष १ गते ५३ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा ५ अर्ब रूपैयाँले बढेकाे छ ।

अघिल्लो दिन ४७ खर्ब २२ अर्ब रुपैयाँ प्रवाह गरेका वाणिज्य बैंकहरुले पुष १ गते ४७ खर्ब २७ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंकका अनुसार सो समयमा बैंकहरुको औसत सिडी रेसियो ७८.७४ प्रतिशत रहेको छ । त्यस्तै, अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।