काठमाडौं – वित्तीय विवरण दयनीय अवस्थामा रहेको कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ।
कम्पनी सञ्चालन समितिको पुष ३ गते बसेको बैठकले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सो विवरण नेपाल बैंकबाट स्वीकृत पश्चात उक्त विवरण अगामी बार्षिक साधारणसभामा स्वीकृतीको लागि पेश गर्ने निर्णय गरेको छ । यसअघि बैंकले आर्थिक वर्ष २०७८/७९ मा ५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
प्रतिक्रिया