काठमाडाैं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको पुष २ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ३.६५ प्रतिशत बोनस शेयर र ०.१९ प्रतिशत नगद गरी कुल ३.८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयर धनीलाई वितरण गरिने छ ।
प्रतिक्रिया