एनआईबिएल एस क्यापिटलद्धारा हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह

एनआईबिएल एस क्यापिटलद्धारा हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

एनआईबिएल एस क्यापिटलले समृद्धि फण्ड–१ का इकाइधनीहरूलाई हितग्राही खातामा बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको छ । क्यापिटलले एक सूचना प्रकाशन गर्दै हितग्राही खातामा बैंक खाता अध्यावधिक गर्न पुनः आग्रह गरेको हो ।

एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आएको समृद्धि फण्ड १ योजना गत पुस २२ गते परिपक्व भएको थियो ।

बैंक खाता अध्यावधिक गरेका इकाइधनीहरूलाई रकम फिर्ता भुक्तानी रकम २०७८ चैत १३ गतेदेखि उपलब्ध बैंक खातामा क्यापिटलले जम्मा गरेको थियो ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगरेका इकाईधनीलाई क्यापिटलले पुनः अध्यावधिक गर्न आग्रह गरेको गरेको हो ।

भौतिक रूपमा इकाइको प्रमाणपत्र भएका तथा केही कारण बस नामसारी गर्नुपर्ने इकाइधनीहरूको हकमा रकम फिर्ता लिन क्यापिटलको लाजिम्पाट, काठमाडौंमा सम्पर्क गरी उक्त योजनाको सक्कल प्रमाणपत्र, इकाइधनी स्वयंको खाता रहेको बैंकको नाम, बैंक खाता नम्बर उल्लेख सहितको निवेदन र आवश्यक कागजात प्राप्त भए पश्चात् उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिने पनि जानकारी दिइएको छ ।