कुमारी बैंकको लिलामी शेयर उठाउने आज अन्तिम दिन

कुमारी बैंकको लिलामी शेयर उठाउने आज अन्तिम दिन



काठमाडौं – कुमारी बैंकको लिलामी शेयरमा बोलपत्र पेस गर्ने आज पुस ३ गते अन्तिम दिन रहेको छ।

गत मंसिर १९ गतेबाट बैंकको २२ लख ४३ हजार ७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको थियो। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

इच्छुक लगानीले बोलपत्र पेस गर्दा न्यूनतम १० लाख कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण शेयर खरिदका लागि बोलपत्र पेस गर्न सकिनेछ।

शेयरमा इच्छुक योग्य जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।