काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ। बैंकले शेयरधनीलाई ३.८४ प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा ३.६५ प्रतिशत बोनस शेयर र ०.१९ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने निर्णय गरेको हो। हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार रुपैयाँ छ।
घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।
प्रतिक्रिया