मूल्यवृद्धिले थप ८ लाख नेपाली गरिबीको रेखामुनी पुग्नेछन्: अर्थविद् नेपाल

मूल्यवृद्धिले थप ८ लाख नेपाली गरिबीको रेखामुनी पुग्नेछन्: अर्थविद् नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

अर्थविद् डा. गोविन्द नेपालले अत्याधिक मूल्यवृद्धिको कारण आगामी आर्थिक वर्षमा ८ लाख मानिसहरु गरिबीको रेखामुनी पुग्ने बताए ।  उनले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले सरकारले आगामी आर्थिक वर्षमा ८ लाख मानिसहरुलाई गरिबीको रेखमाथि पुर्याउने भने पनि अहिलको अर्थतन्त्र र मूल्यवृद्धिको कारण ठिक उल्टो हुने देखिएको बताए । यस्तै सरकारले पछिल्ला समय बढ्दै गएको नीतिगत भष्टाचार नियन्त्रण गर्न नसके अर्थतन्त्र समाप्त हुने उनी बताउँछन् ।

सरकारले ८ लाख मानिसहरुलाई गरिबीको रेखामाथि ल्याउने भनेको छ । तर अहिलको मूल्यवृद्धि लगायत अर्थतन्त्रको अवस्थाले ८ लाख मानिस गरिबीको रेखामाथि नभएर ८ लाख मानिसहरु गरिबीको रेखामुनी पुग्न सक्छन् । अहिले बढ्दै गएको भष्टाचार सरकारले सम्बोधन गर्न सकेन भने यसले अर्थतन्त्र डुबाउँछ,’ उनले भने ।