आगामी महिनामा ९० अर्ब बढी रेमिट्यान्स आउने अपेक्षा छ: राष्ट्र बैंक

आगामी महिनामा ९० अर्ब बढी रेमिट्यान्स आउने अपेक्षा छ: राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा। प्रकाशकुमार श्रेष्ठले आगामी महिनामा ९० अर्बभन्दा बढी रेमिट्यान्स आउने अपेक्षा गरेको बताएका छन् । उनले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्र बैंकले यस्तो अपेक्षा गरेको बताएका हुन् ।

डा। श्रेष्ठले पछिल्लो समय विदेश जाने नेपाली श्रमिक र नेपाल आउने पर्यटक बढेकाले विदेशी मुद्रा बढ्ने संकेत देखिएको बताए । पछिल्लो एक वर्षमा ५ लाख नेपाली श्रमिक विदेश जाँदा तीन महिनाको रेमिट्यान्स बढ्दै गएको उनले बताए ।

‘पछिल्लो समय विदशी जाने श्रमिकहरु बढेकाले राम्रो संकेत बढेको छ । यो वर्ष मात्रै ५ लाख भन्दा बढी नेपाली श्रमिक बाहिर गएका छन् । पछिल्लो तीन महिनामा रेमिट्यान्स पहिलाको महिना भन्दा बढी आएको छ । आउने महिनामा रेमिट्यान्स ९० अर्बभन्दा बढी आउने अपेक्षा छ,’उनले भने ।

यस्तै उनले र्थतन्त्र दबाबमा रहेपनि तत्काल आतिहाल्नु पर्ने अवस्था नरहेको बताए । ‘पर्यटकहरुको आगमन पनि बढेको छ। पछिल्लो समय विद्युत निर्यात हुन थालेको छ । अहिले सिमेन्ट निर्यात गर्ने कुरा बाहिर आएको छ । उत्पादन प्रसस्त रहेको छ । त्यसले विदेशी मुद्रा बढ्ने भएकाले आत्तिहाल्नु पर्ने छैन । प्यानिक हुनु पर्दैन । तर हासियार हुनुपर्ने अवस्था छ । अर्थतन्त्र अहिले दबाबको स्थितिमा छ,’ उनले भने ।