काठमाडौं – ‘नेपाल इन्भेष्टमेन्ट कम्पनी’ मा पूर्वबैंकर रत्नराज बज्राचार्य प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा स्थापना भएको कम्पनीमा पूर्वबैंकर बज्राचार्य नियुक्त भएका हुन् ।
बज्राचार्य यसअघि ग्लोबल आईएमई, सनराइज बैंकका सीईओ बनिसकेका थिए । असार अन्तिम साता दर्ताको प्रकृयामा गएको कम्पनीको जारी पुँजी १० अर्ब छ भने १ अर्ब रुपैयाँ चुक्ता पुँजी छ ।
प्रतिक्रिया