नेपालको अर्थतन्त्र श्रीलंका हुने परिस्थिति छैन, तर सम्भावना छ : पूर्वगभर्नर क्षेत्री

नेपालको अर्थतन्त्र श्रीलंका हुने परिस्थिति छैन, तर सम्भावना छ : पूर्वगभर्नर क्षेत्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति अपेक्षाकृत नहुने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति विगतको जस्तो बिस्तारकारी आउनेमो शंका रहेको बताएका हुन्। उनले बैंकहरुले उद्योगको क्षमता बिस्तार गर्न दिएको कर्जा आयात गर्न प्रयोग भएको बताए। 

पूर्वगभर्नर क्षेत्रीले नेपाल राष्ट्र बैंकका गभर्नर स्वयंले हेरक फोरमहरुमा बैंकिङ ब्याजदर बढ्ने स्पष्ट रुपमा भनेकाले शंका गर्ने स्थिति रहेको बताए। उनले अहिले राष्ट्र बैंकले ब्याजदरको विषयमा ट्रेजरी बिलको ब्याजदर ११ प्रतिशत पुर्‍याएर व्यहारमा देखाएको दाबी गरे। क्षेत्रीले यस्तो अवस्थाले अब बैंकमा रहेको रकमसमेत ट्रेजरी बिलमा जाने सम्भावना भएको भन्दै बैंकिङ निक्षेपमा समस्या यथावत रहने बताए। उनले सरकारले बजेट भाषणमा बैंकिङ ब्याजदर घटाउने नीति ल्याउने तर राष्ट्र बैंकका गभर्नरले ब्याजदर बढ्ने बताइसकेकाले सरकार र राष्ट्र बैंकबीचमा अन्तरबिरोध रहेको बताए। पूर्वगभर्नर क्षेत्रीले सरकारको नीतिमा जहिलेसम्म स्थिरता नभएसम्म अर्थतन्त्रमा समस्या ल्याउने बताए।

पूर्वगभर्नर क्षेत्रीले नेपालको अर्थतन्त्रमा तत्काल श्रीलंकाको जस्तो परिस्थिति नरहेको बताए। उनले श्रीलंकाको जस्तो राजनीतिक अधिकार समित व्यक्तिलाई दियो भने कुनै समय हुनसक्ने सम्भवना भने कायम रहेको पनि बताए। श्रीलंकामा एउटै परिवारबाट राष्ट्रपति,प्रधानमन्त्री र अर्थमन्त्री बनेर जथाभावी करका दरहरु चलाएकाले अहिलेको स्थिति आएको उनको भनाई छ। पूर्वगभर्नर क्षेत्रीले नेपालले भर्खरै स्थानीय निर्वाचन सम्पन्न गरेको र अब संघ र प्रदेशको निर्वाचन गर्ने तयारीमा रहेकाले श्रीलंकासँग जोड्न नहुने बताए।

पूर्वगभर्नर क्षेत्रीले विदेशी मुद्रामा नेपालको जम्मा सम्पती,एसडिआर र जम्मा गरेको सुनको समेत हिसाव गर्दा सिमित वर्गका लागि चाहिने आयात र खपत बढ्दै गएको पेट्रोलियम पदार्थको समेतलाई पुग्नेगरी ७ महिनाको आयात धान्नसक्ने अवस्था रहेको बताए।