आगामी आर्थिक वर्षको मौद्रिक नीति साउनको पहिलो साता भित्रै आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले साउनको पहिलो साता मात्रै आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी बर्ष २०७९/८० को मौद्रिक नीति साउनको पहिले हप्ता ल्याउने तयारी भइरहेको जानकारी दिएका हुन्।

नेपाल राष्ट्र बैक पोखराले आयोजना गरेकोे बैंकनोट शेरडिङ्ग एण्ड ब्रिकेटिङ्ग सिस्टम बारे अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले सो जानकारी दिएका हुन ।

मौद्रिक नीति साउनको पहिलो हप्ताभित्रमा सार्वजनिक गर्ने तयारीमा हामी लागेका छौ, जुन विगतमा भन्दा केही छिटो पनि हो, पहिलो हप्ता भन्दा पछि नपुर्याउने हाम्रो प्रयास हुनेछ । उनले भने ।

गभर्नर अधिकारीले सो बाहेक मौद्रिक नीतिको सन्दर्भका अन्य केहि बताएनन्। उक्त कार्यक्रम पश्चात आजै साझ ४ बजे गभर्नर अधिकारी सहित बैकका सिइओहरुसँग भेटघाट कार्यक्रम रहेको छ । सो कार्यक्रममा आगामी मौद्रिक नीतिका सन्दर्भ समेत छलफल हुने बताइएको छ ।